विज्ञापन

गर्भवती महिलाको पोषण सुधारने उद्धेश्यले ६० दिन सम्म एक लिटरका दरले दुध

Image

राजापुर/ राजापुर नगरपालिकाले गर्भवती महिलाको पोषण सुधारने उद्धेश्यले ६० दिन सम्म एक लिटरका दरले दुध उपलब्ध गराउने भएको छ ।

गर्भमा रहेका शिशुले आफ्नो आमाले खाएको खानाबाट नै पौष्टिक तत्व पाएर हुर्कन्छन । गर्भधारणदेखी नै आमाले दिनहु खाने साविक खानाका साथै एक पटक थप पौष्टिक तथा सन्तुलित खाना खानु पर्दछ ।
राजापुर नगरपालिकाले चालु वर्षको वार्षिक कार्यक्रम अनुसार पालिकाक्षेत्र भित्रका अन्तिम पटक गर्भ जाच गरेका गर्भवती र सुत्केरी महिलाहरुलाई ६० दिन सम्म प्रति दिन १ लिटरका दरले दुध उपलब्ध गराइने छ । राजापुर नगरपालिकामा थारुहरुको बाहुल्यता बढि भएको र थारु समुदायमा दुधकम खाने प्रचलन रहेकाले पनि पोषण अधुरो हुने गरेको मेयर दिपेश थारुले दुधको सहि सदुपयोग गर्न आग्रह गर्नु भयो ।

बच्चा गर्भमा आए देखि बच्चा जन्मिदा सम्म गर्भवतीले ८पटक स्वास्थ्य सस्थामा गइ गर्भजाच गराउनु पर्ने हुन्छ । ३६औ हप्तामा अन्तिम पटक चेकजाँच गराएका गर्भवती महिलाहरुले प्रतिदिन एक लिटर दुध पाउनका लागी योग्य हुने छन ।

गर्भावस्था आफैंमा संवेदनशील अवस्था हो । यतिबेला गर्भवतीमा शारीरिक र मानसिक परिर्वतन देखिन्छ । गर्भमा भएको बच्चा र आमाको राम्रो स्वास्थ्यका लागी पोषणयुक्त भोजनको बिकल्प छैन ।
राजापुर नगरपालिकाले आफुजस्ताआमाहरुका लागी दुधको व्यवस्था गर्दा खुसी भएको राजापुर नगरपालिका वडा न. ५ कि सर्मिला चौधरी बताउछिन ।

६० दिन सम्म १ लिटरका दरले दध वितरण गर्दा गर्भवतीको स्वास्थ्य राम्रो हुदै जान्छ भने दुग्ध उत्पादन गर्ने किसानको दुध नबिक्ने समस्या पनि कम हुदै जानेछ ।

विज्ञापन
विज्ञापन
विज्ञापन