विज्ञापन

राजापुर नगरपालिका वडा नं –२ द्वारा कक्षा १ र २ का छात्र,छात्रालाई पोशाक बितरण

Image

बर्दियाको राजापुर नगरपालिका वडा नं –२ नयाँगाउद्वारा मातहतका सामुदायीक बिद्यालयका १ सय ३४ जना छात्र,छात्राहरुलाई पोशाक बितरण, अभिभावकलाई आर्थिक बोझ कम गराउने वडा कार्यलयको उदेश्य

शोभा कोइराला

बर्दियाको राजापुर नगरपालिका वडा नं –२ नयाँगाउले वडा मातहतका पाँच सामुदायीक बिद्यालयमा अद्ययनरत कक्षा १ र २ का छात्र,छात्रालाई पोशाक बितरण गरेको छ । नेपाल राष्ट्रिय माध्यामिक, बिद्यालय नयाँगाँउ, नवज्वती प्राथमिक बिद्यालय नयाँगाँउ ,ज्ञान दर्शन प्राथमिक बिद्यालय चैनपुर, ज्ञानदीप प्राथमिक बिद्यालय बर्गदही, ज्ञानज्योती प्रावी सोहरीयाका कक्षा १ र २ का छात्र,छात्राहरुलाई पोशाक बितरण गरिएको हो ।बिद्यालय शिक्षामा सहजहुनुका साथै अभिभावकलाई आर्थिक बोझ कम होस् भन्ने उदेश्यले बिध्यार्थीहरुलाई पोशाक बितरण गरिएको वडा अध्यक्ष रामचन्द्र चौधरीले बताउनुभयो । वडा कार्यलयको ६३ हजार रुपैयाँको लागतमा एक सय ३४ जना छात्र,छात्रालाई पोशाक बितरण गरेको हो । आफ्ना नानी बावुहरुलाई वडा कार्यलयले निशुल्क पोशाक दिएपछी आफुलाइ राहत भएको अभिभावक उमा कुमारी थारुले बताउनुभयो । पोशाक बितरण कार्यक्रममा सामुदायीक बिद्यालयका शिक्षक,बिद्याथी ,अभिभावक, वडा सदस्य द्वय अर्जुन कुमार चन्द,राम बहादुर चौधरी सहभागी थिए । वडा कार्यलयले यसअघि कक्षा ३ देखी ५ सम्मका छात्र,छात्रालाई झोला बितरण गरीसकेको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन