
बर्दिया जिल्ला थारुहरुको बाहुल्यता भएको जिल्ला हो । थारुहरुको बाहुल्यता भए सगैं यस जिल्लाका थारु समुदायमा सिकलसेल रोग पनि छ । राज्यले सिकलसेल रोग निवारणका लागी बिभिन्न योजनाहरु सचांलन गरी रहेको छ। यसै क्रममा प्राथमिक सवास्थ्य केन्द्र, राजापुरमा कार्यरत लेब टेक्निसियन बसन्त राज भट्टलाइ लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय बर्दियाले सम्मान गरेको छ ।

स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा बर्दिया जिल्लाका स्थानिय तहहरुमा सचांलित सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको परिक्षण व्यवस्थापन तथा परामर्श कार्यमा योगदान पुराए बापत प्रशंसा पत्र प्रदान गरिएको हो ।






















