विज्ञापन

बढैयातालमा युवा संघद्वारा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु, १८ टिमको प्रतिस्पर्धा

Image

बढैयाताल । राष्ट्रिय युवा संघ नेपाल बढैयाताल गाउँपालिका कमिटीको आयोजनामा स्वास्थ्यका लागि खेलकुद, युवाका लागि खेलकुद र राष्ट्रका लागि खेलकुदू भन्ने मूल नाराका साथ मैत्रीपूर्ण फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ।

यो प्रतियोगिता बढैयाताल गाउँपालिका–४, रिक्टी रिहार खेलमैदानमा सुरु भएको हो। खेलकुदमार्फत युवाहरूमाझ रचनात्मकता अभिवृद्धि गर्ने र पछिल्लो समय युवामाझ फैलिँदै गएको लागुऔषध दुरुपयोगलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष नारायण थापा क्षेत्रीले जानकारी दिएका छन्।

कार्यक्रमको उद्घाटन नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा बाँसगढी नगरपालिकाका प्रमुख खड्क बहादुर खड्काले खेलाडीहरूलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन्। मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बर्दिया भित्रका र बाहिरका गरी १८ वटा टिम सहभागी भएका छन्। प्रतियोगिता टाईसिटका आधारमा नकआउट चरणमा सञ्चालन हुने जनाइएको छ। विजेताहरुलाई आकर्षक नगद पुरस्कारका साथ सम्मान गरिनेछ।

प्रथम हुने टिमलाई रु। ५१ हजार १ सय ५१ रुपैयाँ, द्वितीय हुने टिमलाई रु ३५ हजार १ सय ३५ रुपैयाँ, तृतीय हुने टिमलाई रु २५ हजार १ सय २५ रुपैयाँ सहित मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ। साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ।

टिम दर्ता शुल्क रु ४ हजार ५ रुपैयाँ निर्धारण गरिएको छ। खेल १० दिन सम्म संन्चालनमा रहने प्रतियोगिताको उद्धघाटन मेचमा लाहुरे क्लब बाके लाइ २- 0 ले हराउदै ब्रोदर एफ सी क्लव खजुरा बिजयी भएको थियो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि खड्क बहादुर खड्का बाहेक, विशिष्ट अतिथि बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, नेकपा ९एमाले० बढैयाताल कमिटीका अध्यक्ष प्रेम राज त्रिपाठी, जिल्ला कमिटी सदस्यहरू राजकुमार महतरा, गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकला विक, आईतराम परियार, कोपिला मल्ल, वडा अध्यक्षहरू, एमालेका जिल्ला सचिवालय सदस्य, स्थानीय युवा क्लबका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रम युवा संघ नेपाल बढैयाताल गाउँपालिका कमिटीका अध्यक्ष नारायण थापा क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको हो।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन