विज्ञापन

महिलाको सामूहिक प्रस्तुति र प्रतियोगिताले झल्कियो मौलिक संस्कृति

Image

बढैयाताल / हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा बढैयाताल गाउँपालिकाका विभिन्न स्थानहरूमा भव्य तीज मिलन तथा सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भएका छन्।

वडा नं. ८ सितलाबजार बजार व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पूर्वमन्त्री तथा संघीय सांसद अब्दुल खाँ प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै, वडा नं. ६ मैनापोखरमा बजार व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेश सांसद भुवनेश्वर चौधरी प्रमुख अतिथि रहनुभएको थियो।

तीजको दिन आयोजना गरिएको कार्यक्रम अन्तर्गत सामूहिक तीज गीत तथा नृत्य प्रतियोगिता, एकल गीत–नृत्य प्रतियोगिता, लाखे नाच, घैटो फोड लगायतका विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गरिएको थियो।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि तथा अन्य वक्ताहरूले धर्म, संस्कृति र परम्परा क्रमशः लोप हुँदै गएको उल्लेख गर्दै तिनको संरक्षण गर्न सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए। साथै, तीज मनाउने नाममा देखापर्ने छाडा संस्कृतिलाई निरुत्साहित गर्दै मौलिक कला र परम्परालाई जोगाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

स्थानीय महिलाहरूले समूह बनाई परम्परा र संस्कृतिलाई झल्काउने खालका तीज गीत र नृत्य प्रस्तुत गर्दा उपस्थित दर्शक, अतिथि तथा विशिष्ट व्यक्तिहरू मनोरञ्जित बनेका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूह तथा कलाकारलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारु, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूको समेत विशेष उपस्थिति रहेको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन