विज्ञापन

हुलाकी राजमार्ग लक्षित तराई मधेश जागरण अभियान अन्तरगत यहि १६ गते प्रचण्डले सत्तीमा मर्निङ्ग वाक गर्ने

Image

टीकापुर / नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बैशाख १६ गते टीकापुरमा आउने भएका छन् ।नेकपा माओवादी केन्द्रद्वारा सञ्चालन गरेको हुलाकी राजमार्ग लक्षित तराई मधेश जागरण अभियान अन्तर्गत कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड टीकापुर नगरपालिका वडा नं ८ धनसिंहपुर आउने भएका हुन् ।

नेकपा माओवादी केन्द्र टीकापुरका नगर कमिटी अध्यक्ष धनसिंह साउँदका अनुसार बैशाख १५ गते राजापुरको कार्यक्रम सकेर प्रचण्डसहितको माओवादी केन्द्रीय नेतृत्व धनसिंहपुरमा आउने कार्यक्रम रहेको बताए ।
साउँदका अनुसार १६ गते विहान टीकापुर नगरपालिका वडा न ८ सूर्यपुरबाट प्रचण्ड सहितका नेताहरु मर्निङ्ग वाकमा सत्ती स्थित पदमप्रकाशेश्वर मन्दिरमा पुगे पश्चात सहिद परिवार, मुक्त कमैया, कमलरी भेटघाट कार्यक्रम रहेको र विहान ८ बजे झुङ्गा चौराहमा प्रचण्डसहितका नेताले कार्यक्रमलाई सम्बोधन गर्नेकार्यक्रम रहेको टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले जानकारी दिएका छन ।
अध्यक्ष प्रचण्डसँगै पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, महासचिव देव गुरुङ्ग, अग्नी सापकोटा, पम्फा भुसाल, उपमहासचिव शक्ति बस्नेत, जनार्दन शर्मा, सुदूरपश्चिम प्रदेश इञ्चार्ज लीलामणि पोखरेल लगायतका दर्जनौं नेताहरु आउने कार्यक्रम रहेको समेत ठकुल्लाले बताए ।

‘बैशाख १५ गते साँझ आएर धनसिंहपुरमा बास बस्ने, १६ गते बिहान मर्निङ्ग वाकमा जाने र ८ बजे कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका तय गरेका छौं’ नगर अध्यक्ष साउँदले भने ‘कार्यक्रमको तयारीका लागि प्रदेश इञ्चार्ज लिलामणी पोखरेलले आज पार्टीका नेताहरुसँग छलफल गरेका छन्, हामी कार्यक्रमको तयारी गरिरहेका छौं ।’ उक्त कार्यक्रमपछि प्रचण्डले कैलारीको कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने बैशाख १७ गते कञ्चनपुरमा जागरण अभियान समापन गरिने कार्यक्रम तय छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन