
राजापुर/ युनिक नेपालको आयोजनामा घटस्थापनाको अवसर पारेर दौड प्रतियोगिताको आयोजना गरिएको छ । दौडमा पुरुष तर्फ ८ कि.मी. को दुरी र महिलातर्फ ५ कि.मी. दुरी तय गरिएको थियो ।
पुरुष तर्फ निरक चलाउनेले २९ मिनेट ९ सेकेण्डमा सो दुरी पार गरी प्रथम भएका थिए भने महिला तर्फ पुजा पर्छाइले २१ मिनेट ५३ सेकेण्डमा सो दुरी पार गरी प्रथम भएकी थिइन ।
पुरुष तर्फ अनिल थारु द्धितिय र रमित चौधरी त्रितिय भएका थिए भने महिला तर्फ राधा सुनार द्धतिय र वर्षा राइ त्रितिय भएको सो दौडको मुख्य प्रायोजक नेशनल लघुवित्त वित्तिय संस्था थियो भने सह प्रायोजकमा नेपाल बैंक लिमिटेड, सिद्धार्थ बैंक, ज्योति बिकास बैंक, साग्रीला डेवलपमेन्ट बैंक, ग्लोबल आइ. एम.इ. बैंक, कर्णाली डेवलपमेन्ट बैंक र युनिक नेपाल लघुवित्त वित्तिय संस्था रहेका थिए ।

युनिक नेपालका अध्यक्ष प्रिमलाल थारुको अध्यक्षतामा भएको समापन समारोह कार्यक्रममा पुर्व भुमिसुधार मन्त्रि डा. गोपाल दहित प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ठ अतिथिमा राजापुर नगरपालिकाका मेयर दिपेश थारु हुनुहुन्थ्यो । सो अवसरमा राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरी, प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढा, इ.प्र.का. राजापुरका प्रमुख डि.एस.पि.सागर बोहरा, जिल्ला खेलकुद बिकाश समितिका प्रमुख भुपेन्द्र पुन मगर, राजापुर नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरु र उल्लेखनिय संख्यामा खेलप्रेमीहरुको उपस्थिति थियो ।
पुरुस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. गोपाल दहितले खेलबाट स्वास्थ्य राम्रो हुदै जाने भएकाले आउने वर्षहरुमा गेरुवा गाउपालिका र राजापुर नगरपालिका लाइ समावेश गरेर भौराटप्पा स्तरिय प्रतियोगिता आयोजना गर्न सुझाव दिनु भयो ।

विशिष्ट अतिथि एवं नगरप्रमुख दिपेश थारुले आज प्रथम, द्धितिय र त्रृतिय हुन नसकेका भाइ बहिनीहरले निरन्तर प्रयासगरी रहनु पर्ने र निरन्तर प्रयासले सफलता मिल्ने बताउनु भयो ।

जिल्ला खेलकुद बिकास समितिले यस प्रकारका थुप्रै कार्यक्रमहरु आयोजना गर्नु पर्ने भएतापनि बिविध कारणवश गर्न नसकेको तर युनिक नेपालले आयोजना गरेको जिल्ला खेलकुद बिकास समितिका प्रमुख भुपेन्द्र पुन मगरले बताउनु भयो ।
प्रथम युनिक दौड प्रतियोगिता २०८१ नमाकरण गरिएको दौडमा १०५ जना पुरुष र ६६ जना महिला गरी १७१ जनाले सहभागिता जनाएका थिए ।
दौडमा पुरुष तर्फ प्रथम हुने लाइ ८ हजार, दृतिय हुनेलाइ ५ हजार र त्रृतिय हुनेलाइ ३हजार र महिला तर्फ प्रथमहुने लाइ ६ हजार, दृतिय हुनेलाइ ४ हजार र त्रृतिय हुने लाइ २५ सय नगद राशी रहेको युनिक नेपालका कार्यक्रम अधिकृत जगतराम थारुले बताउनु भयो ।






















