नेपालको तल्लो कर्णाली जलाधार क्षेत्रमा जलवायु उत्थानशिलकालागी क्लासिक परियोजना मार्फत अनुसन्धान थालिने भएको छ । थारु महिला उत्थान केन्द्र बर्दियाले राजापुरमा आयोजना गरेको परियोजनाको प्रारम्भीक कार्यशाला तथा सरोकारवाला सँगको छलफल गरेको छ ।
![]()
कार्यक्रममा परियोजनाको उदेश्य बारे प्रस्तुति गर्दै स्माल अर्थ नेपालका भवानी शंकर डंगोलले तल्लो कर्णाली जलाधार क्षेत्रलाई जल व्यवस्थापन, जलवायु अनुकुलन बनाई आदिवाशि र सिमान्तकृत समुदायलाई संलग्न गराएर पानी सम्वन्धि समस्या समाधान गर्ने लक्ष्यकासाथ परियोजना सुरु गरिएको बताउनुभयो । परियोजनामा बहुआयामिक समावेशी, सहनिमार्ण पद्धती अपनाइ अन्त प्रयोगकर्ताको सहकार्यगर्ने,भौतिक बिज्ञान,सामाजिक बिज्ञान, मिश्रीत अनुसन्धान,जलवायु मोडेल प्रक्षेपण र प्रकृयामा आधारित मोडलिङ, सहसिकाइ रं संयुक्त सिकाइको अवधारणा बाट अनुसन्धान बिधि तय गरिने परियोजनाले जनाएको छ । परियोजनाले अनुसन्धान र शिक्षा, सचेतना र पैरवी, क्षमता सुदृढीकरण र शशक्तीकरण, नेटवर्किङ ज्ञान आदानप्रदान प्रचार, नितीयोजनामा सहयोग गर्ने जनाएको छ ।
अनुसन्धान कालागी ६ वटा थेसीस तयार गरीने छ, जसका लागी २ जना पिएचडि र ४ जना स्नाकोत्तर गरेका व्यक्तीहरुलाई छनौट तथा माग गरेको छ । कार्यक्रममा सहभागी तयार नेपालका कार्यक्रम संयोजक लोक नारायण पोख्रेल, गेरुवा गाँउपालिकाका सामाजिक बिकास संयोजक निर्मल चौधरी,बिपद फोकल पर्शन कृष्ण सोडारीले यहाँका समस्या बारेमा अवगद गराउदै अनुसन्धानमा यि यस्ता मुद्दा समेट्न आग्रह गर्नुभयो ।
त्रिभुवन बिश्वबिद्यालय, त्रिचन्द्र क्याम्पश समाजशास्त्र संकायकी सह प्राध्यापक सुनिता राउत, भुविज्ञान सकांयकी सह प्राध्यापक रमिता बज्राचार्य र डेल्फ विश्वविद्यालय, नेदरल्याण्ड बाट छात्रवृत्ति पाइ त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्यन गरीरहेकी छात्रा समिक्षा गुरुड लगायतको टिम सहभागी थियो ।
थारुमहिला उत्थान केन्द्रका कार्यक्रम संयोजक तेजमणी पन्थले संचालन गरेको कार्यक्रमको अध्यक्षता केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले गर्नुभएको थियो । परियोजनाको साझेदार सँस्थाहरुमा थारु महिला उत्थान केन्द, आइएचइ डेलेफ्ट नेदरल्याण्ड, द स्माल अर्थ नेपाल, त्रिभुवन बिश्वबिध्यालय र किर्डाक नेपाल रहेका छन् ।























