विज्ञापन

बारम्बार बिधुत काटिदा जनता बेहाल

Image

राजापुर, असार १५ / चरम गर्मीबीच विद्युत अनियमितताले राजापुरको जनजीवन आक्रान्त भइरहँदा त्यसको कारण खोज्न यहाँका अगुवाहरु विधुत कार्यालय गएका छन ।


केहीदिन देखि अत्यधिक रूपमा बढेको गर्मीको समयमा पनि झ्याप्प झ्याप्प बिजुली जाने समस्याले सर्वसाधारण मारमा छन् । साना ठूला उद्योग,व्यवसायी क्षेत्र,कार्यालयहरू, मिडिया, अस्पताल, किसान, स्कुल ,कलेज, बैंकिङ्ग क्षेत्र,पर्यटन क्षेत्र लगायत सबै क्षेत्रमा हरेकदिन पटक पटक विद्युत अनियमित तरिकाले आपूर्तिमा कमी हुँदा आम नागरिक अत्यधिक मारमा परेका छन् ।


नेपाल बिद्युत प्राधिकरण राजापुर बितरण केन्द्र प्रमुख अनिल चौधरीले आपुर्ति कम तथा माग बढेका कारण भौरा क्षेत्रमा बिजुली आउ जाउमा समस्या भएको बताउनु भयो । यस क्षेत्रको बिजुली बारम्वार आउजाउ हुन थालेपछी यहाँका राजनीतिक दलका प्रमुख प्रतिनीधि एवं पत्रकारहरुले आज बिद्युत कार्यलयमा समस्यावारे ध्यानाकर्ष गराउन जाँदा प्रमुख चौधरीलेयस्तो बताउनु भयो । यस बर्ष अत्याधिक गर्मीले बिद्युतको उपयोग बढी भएकाले माग बढेका कारण यस्तो समस्या आएको बताउनु भयो । ध्यानाकर्ष गर्न गएको टोलीले बिद्युत के कति कारणले गयो सो वारे बुझ्न खोज्दा फोन नउठ्ने गरेकोमा अव त्यसो नगर्न आग्रह गरेका छन् । टोलीमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष चिन्तामणी आचार्य , नेपाली कांग्रेसका नगर उपसभापति कमल पाण्डे , नेकपा एमालेका जिल्ला कमिटि सदस्य शिवमणी शर्मा, रा.प्र.पा.का नगर अध्यक्ष केशर थापा, ना.उ.पा का पुना राम चौधरी, नेकपा(एस)का छवी भट्ट, पुर्व जनप्रतिनिधि धरनीधर चौधरी, बर्दिया उधोग वाणिज्य सघंका अध्यक्ष केदार थापा, पत्रकारहरु, व्यापारीहरु एवं सर्वसाधारण सहभागी थिए ।

विज्ञापन
विज्ञापन
विज्ञापन