विज्ञापन

राजापुर प्रिमियर लिगका लागी खेलाडी लिलामी प्रक्रिया

Image

राजापुर प्रिमियर लिग (आरपीएल) को चौथो संस्करण क्रिकेट प्रतियोगिताका लागी खेलाडी लिलामी (अक्सन) प्रक्रिया सकिएको छ । यहि फागुन २६ गतेदेखि सन्चालन हुने प्रतियोगिताका लागी राजापुरको प्रसिद्व होटलमा खेलाडि लिलामि प्रक्रिया सुरु भएको थियोे । सहभागी टोलीले खेलाडिको बर्गिकरण अनुसार न्युनतम १ हजारदेखि खेलाडिको लिलामि गरेका हुन् ।

PMEP

।अक्सनका लागी आयोजकले बाँके बर्दिया र कैलालीका खेलाडी माग गरे अनुसार ८९ जनाले फारम भरेका थिए । ती मध्ये ८३ जनालाई अक्सनमा राखिएको आयोजकले जनाएको छ । आवेदकहरु मध्येबाट प्रत्येक क्लबमा १४ जनाको दरले ७० खेलाडिको लिलामि हुनेछ । आरपिएलमा सहभागी क्लबले राजापुरका सवै खेलाडी अनिवार्य राख्नुपर्ने प्राबधान गरेको छ । राजापुर बाहेक बर्दियाका ५ एवं बाँके र कैलालीका ४ जना खेलाडि राख्न पाउने छन् । जिल्ला क्रिकेट संघसँगको सहकार्यमा राजापुर स्पोट्स क्लवले अक्सनका लागी खेलाडिको वर्गिकरण गरिएको छ । प्रतियोगितामा गत बर्षको बिजेता शान्तिपुर वारियर्स , राजापुर राइनोज ,सेभेन स्टार, थ्रि लाइन्स, धोबिनपुर किंस् टिमले प्रतिस्पर्धा गर्नेछन् । बाकेका सिध्दान्त राज शाहि लाई थ्री लायन्स क्लवले सबै भन्दा महङो खेलाडिको रुपमा १७ हजार रुपैयामा अनुबन्ध गरेको छ राजापुर स्पोर्ट्स क्लबका अध्यक्ष इन्द्र ध्वज जिसिको अध्यक्षतामा सम्पन्न लिलामि कार्यक्रममा संयोजक पर्बत सिंह गुरुङ ,कोषाध्यक्ष कमल पाण्डे,कम्प्यूटर एसोसियसन बर्दियाका अध्यक्ष सुर्य केशी,लगायत सहभागी थिए ।

विज्ञापन
विज्ञापन
विज्ञापन