विज्ञापन

खुल्ला वडा स्तरिय फुटबल प्रतियोगिताकाे दाश्राे चरणका खेलमा टीकापुर १ ,८ र राजापुर ८ बिजय

Image

टीकापुर /टीकापुर नगरपालिका वडान ७ मा युवा सङ्ग मेयर कार्यक्रम अन्त्रगत खुल्ला वडा स्तरिय फुटबल प्रतियोगिता टीकापुर नगरपालिका वडा न ७ स्थित सत्ती खेलकुद मैदानमा दाश्राे चरणका खेलहरु भएका छन। बिहीबारका भएको फुटबल प्रतियोगितामा पहिलाे खेल टीकापुर नगरपालिका वडा न १ ए र टीकापुर नगरपालिका वडा न २ ए बिच भएको थियाे ।भएकाे प्रतियोगितामा टीकापुर नगरपालिका वडा न २ ए लाई टीकापुर नगरपालिका वडा न १ ए ले २-० गाेलले जित हासिल गरेकाे छ ।

त्यसै गरि प्रतियोगिताकाे दाेश्राे खेल टीकापुर वडा न ८ बि र टीकापुर नगरपालिका वडा न ७ ए बिच भएको थियाे । जसमा टीकापुर ८ बि ले २- १ गाेल अन्तरले बिजय हासिल गरेकाे छ । त्यसैगरी टीकापुर नगरपालिका वडा न ९ र राजापुर नगरपालिका वडा न ८ बिच भएकाे खेलमा भएको खेलमा राजापुर नगरपालिका वडा न ८ ले टीकापुर नगरपालिका वडा न ९ लाई २- १ गाेल गरेर राजापुर ८ बिजय भएकाे छ । शुक्रबार हुने फुटबल प्रतियोगितामा टीकापुर नगरपालिका वडा न ५ र राजापुर नगरपालिका वडा न ६ का बिच पहिलो प्रतियोगिता हुनेछ !

दोश्राे खेल भजनी नगरपालिका वडा न ५ र गेरुवा गाउपालिका वडा न ४ बिच प्रतिस्पर्धा रहने छ भने तेस्रो खेल टीकापुर नगरपालिका वडा न ६ बि र टीकापुर नगरपालिका वडा न १ बि बिच प्रतिस्पर्धा हुने संचालक समितिका संयाेजक महेश रावलले जानकारी दिएका छन ।

खुल्ला वडा स्तरिय फुटबल प्रतियोगितामा बर्दिया जिल्लाकाे राजापुर नगरपालिका , गेरुवा गाउँपालिका , कैलालीको टीकापुर नगरपालिका , भजनी नगरपालिका जाेशीपुर गाउपालिका विभिन्न वडाका २४ वटा टिमकाे सहभागिता रहेकाे छ भने प्रतियोगिता २१ गते सम्म संचालन रहने छ ।प्रतियोगितामा बिजेता टिमले नगद ५१ हजार सहित ट्रफी मेडल प्रमाण पत्र समेत पाउने छन भने उप बिजेता ले नगद ३१ हजार सहित ट्रफी मेडल प्रमाणपत्र पाउने छन । प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट गाेलरक्षक, उत्कृत डिफेन्डर,उत्कृष्ट मिट खेलाडीलाई नगद २५ सय प्रदान गरिने जानकारी दिएकाे छ । कुनै समयमा सत्ती खेलमैदानमा फुटबल प्रतियोगिताका लागि देश विदेशका फुटबल खेलाडी खेल्ने स्थानका रुपमा परिचित थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन