टीकापुर / टीकापुर नगरपालिका वडान ७ मा युवा सङ्ग मेयर कार्यक्रम अन्त्रगत खुल्ला वडा स्तरिय फुटबल प्रतियोगिताकाे उपाधी टीकापुर १ ए टिमले उचाल्न सफल भएकाे छ ।

फाल्गुन १२ गते संचालन भएको प्रतियोगिताकाे अाज एक कार्यक्रमका बिच समापन भएकाे छ । अाज भएकाे फाइनल खेल टीकापुर ८ बि र टीकापुर १ए बिच भएकाे खेल मा मध्यानतर अघि वडान ८ ले १ गोल गरेर अग्रता लिएको थियो । तर मध्यान्तर पछि वडान १ ले १ गोल गरेपछि खेल बराबर भएको थियो । तर खेलको २५ औ मिनेटमा वडा न १ ले पुनः गोल गरेर अग्रता लिएको थियो । त्यसपछि त्यही गोल नै निर्णायक भएर टीकापुर १ ले १ गोलका विरुद्ध २ गोल गरेर बिजयी भएको थियो प्रथम पुरुस्कार ५१ हजार शिल्ड र दोस्रो पुरुस्कार ३१ हजार र शिल्ड प्रदान गरिएकाे छ ।
समापन कार्यक्रम महेश रावलको सभापतित्वमा भएको कार्यक्रममा वडान ८ का वडा अध्यक्ष दिर्घ ठकुल्ला प्रमुख अतिथि रहनुभएको थियो । वडान ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने को स्वागत मन्तव्य ब्यक्त गर्नुभएको कार्यक्रम मा वडा न १ का अध्यक्ष मोहन बिकले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो कार्यक्रम मा सर्बाधिक गोल गर्ने टीकापुर १ का प्रकाश बोहरा ,बेस्ट डिफेन्डर रोसन खत्री , उत्कृष्ट गोल रक्षक पुकार साउद ,उदयिमान खेलाडी कुसल ठकुल्ला ,उत्कृष्ट खेलाडी प्रज्वल बिष्ट लाई नगद २ हजार ५ सय , ट्रफी र प्रमाणपत्र ले सम्मान गरिएको थियो। साथै छात्राहरुको मैत्रीपुर्ण खेलमा कर्णाली माबी सत्तीलाई सि्ल्ड र प्रमाणपत्र , कापिकलम बितरण गरिएको थियो कार्यक्रम को सन्चालन अर्जुन चौधरी ले गर्नुभएको थियो । प्रतियोगितामा बर्दिया जिल्लाकाे राजापुर नगरपालिका ,गेरुवा गाउपालिका र कैलालीको टीकापुर नगरपालिका ,भजनी नगरपालिका , जाेशीपुर गाउपालिका गरि २४ टिमकाे सहभागिता रहेकाे थियाे ।























