विज्ञापन

सत्तीमा खुल्ला वडा स्तरिय फुटबल प्रतियोगिताकाे दाेश्राे चरणका खेल सम्पन्न टीकापुर ५ ,१ र गेरुवा ४ बिजय

Image

टीकापुर / टीकापुर नगरपालिका वडान ७ मा युवा सङ्ग मेयर कार्यक्रम अन्त्रगत खुल्ला वडा स्तरिय फुटबल प्रतियोगिता टीकापुर नगरपालिका वडा न ७ स्थित सत्ती खेलकुद मैदानमा दाश्राे चरणका खेलहरु सकिएका छन। शुक्रबारका भएको फुटबल प्रतियोगितामा पहिलाे खेल टीकापुर नगरपालिका वडा न ५ र राजापुर नगरपालिका वडा न ६ बिच भएको थियाे ।भएकाे प्रतियोगितामा टीकापुर नगरपालिका वडा न ५ ले राजापुर नगरपालिका वडा न ६ लाई पेनाल्टी शुटअाउट बाट टीकापुर ५ ले जित हासिल गरेकाे छ । दुवै टिम बिच भएको खेलकाे पहिलाे हाफमा राजापुर ६ ले गाेल गरि अग्रता लिएकाेभए पनि दाेश्राे हाफमा टीकापुर ५ले गाेल फर्काउन सफल भए पछि खेल बराबरीमा हुन पुगेकाे थियाे । त्यसै गरि प्रतियोगिताकाे दाेश्राे खेल भजनी नगरपालिका वडा न ५ र गेरुवा गाउपालिका वडा न ४ बिच भएको थियाे । जसमा गेरुवा गाउपालिका वडा न ४ ले १- ० गाेल अन्तरले बिजय हासिल गरेकाे छ । त्यसैगरी टीकापुर नगरपालिका वडा न ६ बि र टीकापुर नगरपालिका वडा न १ बि बिच भएकाे खेलमा बिजय टीकापुर १ बि बिजय भएको छ । टीकापुर नगरपालिका वडा न १ बि ले टीकापुर नगरपालिका वडा न ६ बि लाई २- ० गाेल गरेर टीकापुर १ बि बिजय भएकाे छ ।

शनिबार क्वाटरफाइनल खेल संचालन हुने जसमा टीकापुर नगरपालिका वडा न ५ र टीकापुर नगरपालिका वडा न १ ए का बिच पहिलो प्रतियोगिता हुनेछ ! दोश्राे खेल राजापुर नगरपालिका वडा न ८ र टीकापुर नगरपालिका वडा न १ बि बिच प्रतिस्पर्धा रहने संचालक समितिका संयाेजक महेश रावलले जानकारी दिएका छन । त्यसैगरि भाेलि वडा न ६ र वडा न ६ बिच मैत्रीपुर्ण खेल हुने छ भने फाईनल २१ गते हुने छ । खुल्ला वडा स्तरिय फुटबल प्रतियोगितामा बर्दिया जिल्लाकाे राजापुर नगरपालिका , गेरुवा गाउँपालिका , कैलालीको टीकापुर नगरपालिका , भजनी नगरपालिका जाेशीपुर गाउपालिका विभिन्न वडाका २४ वटा टिमकाे सहभागिता रहेकाे छ भने प्रतियोगिता २१ गते सम्म संचालन रहने छ ।

प्रतियोगितामा बिजेता टिमले नगद ५१ हजार सहित ट्रफी मेडल प्रमाण पत्र समेत पाउने छन भने उप बिजेता ले नगद ३१ हजार सहित ट्रफी मेडल प्रमाणपत्र पाउने छन । प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट गाेलरक्षक, उत्कृत डिफेन्डर,उत्कृष्ट मिट खेलाडीलाई नगद २५ सय प्रदान गरिने जानकारी दिएकाे छ । कुनै समयमा सत्ती खेलमैदानमा फुटबल प्रतियोगिताका लागि देश विदेशका फुटबल खेलाडी खेल्ने स्थानका रुपमा परिचित थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन