विज्ञापन

फुटबल प्रतियोगिताका पहिलाे चरणका खेल सम्पन्न

Image

टीकापुर / टीकापुर नगरपालिका वडान ७ मा युवा सङ्ग मेयर कार्यक्रम अन्त्रगत खुल्ला वडा स्तरिय फुटबल प्रतियोगिता टीकापुर नगरपालिका वडा न ७ स्थित सत्ती खेलकुद मैदानमा पहिलाे चरणका खेलहरु सकिएका छन। बुधबारका दिनमा भएको फुटबल प्रतियोगितामा पहिलाे खेल गेरुवा गाउपालिका वडा न ४ र जाेशीपुर गाउपालिका वडा न ७ बिच भएको थियाे ।भएकाे प्रतियोगितामा जाेशीपुर गाउपालिका वडा न ७ लाई गेरुवा गाउपालिका वडा न ४ ले २-१ गाेलले जित हासिल गरेकाे छ । प्रतियोगिताकाे दाेश्राे खेल टीकापुर वडा न १ बि र टीकापुर नगरपालिका वडा न ३ बिच भएको थियाे ।जसमा टीकापुर १ बि ले ३- २ गाेल अन्तरले बिजय हासिल गरेकाे छ । त्यसैगरी टीकापुर वडा न ७ स्थित कर्णाली माबि सत्ती र नाेबल पब्लिक स्कुल सत्तीका छात्राहरु बिच मैत्रीपुर्ण खेल भएकाे थियाे ।जुन खेलमा कर्णाली माबिले पहिलाे हाफमा १ गाेल गरेकाे थियाे भने दाश्राे हाफमा नाेबल पब्लिक स्कुलले गाेल फर्काए पछि खेल बराबरीमा सकिएकाे थियाे र पेनाल्टी सुटअाउटमा कर्णाली माबि सत्ती बिजय भएकाे छ ।बिजय भएकाे कर्णाली माबि सत्ती पुन मैत्रीपुर्ण खेल टीकापुर १ स्थित सैपाल बाेर्डिङ्ग स्कुल संग १९ गते खेल्ने छ ।

बिहीबार देखि दाश्राे चरणका खेलहरु संचालन हुने अायाेजकले जानकारी दिएका छन । बिहीबार हुने फुटबल प्रतियोगितामा टीकापुर नगरपालिका वडा न १ ए र टीकापुर नगरपालिका वडा न २ ए का बिच पहिलो प्रतियोगिता हुनेछ ! दोश्राे खेल टीकापुर वडा न ७ ए र टीकापुर नगरपालिका वडा न ८ बि बिच प्रतिस्पर्धा रहने छ भने तेस्रो खेल टीकापुर नगरपालिका वडा न ९ र राजापुर नगरपालिका वडा न ८ बिच प्रतिस्पर्धा हुने संचालक समितिका संयाेजक महेश रावलले जानकारी दिएका छन ।

खुल्ला वडा स्तरिय फुटबल प्रतियोगितामा बर्दिया जिल्लाकाे राजापुर नगरपालिका , गेरुवा गाउँपालिका , कैलालीको टीकापुर नगरपालिका , भजनी नगरपालिका जाेशीपुर गाउपालिका विभिन्न वडाका २४ वटा टिमकाे सहभागिता रहेकाे छ भने प्रतियोगिता २१ गते सम्म संचालन रहने छ ।

प्रतियोगितामा बिजेता टिमले नगद ५१ हजार सहित ट्रफी मेडल प्रमाण पत्र समेत पाउने छन भने उप बिजेता ले नगद ३१ हजार सहित ट्रफी मेडल प्रमाणपत्र पाउने छन । प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट गाेलरक्षक, उत्कृत डिफेन्डर,उत्कृष्ट मिट खेलाडीलाई नगद २५ सय प्रदान गरिने जानकारी दिएकाे छ । कुनै समयमा सत्ती खेलमैदानमा फुटबल प्रतियोगिताका लागि देश विदेशका फुटबल खेलाडी खेल्ने स्थानका रुपमा परिचित थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन