
राजापुर / “स्वास्थ्य र सुरक्षा क्षेत्रमा आमुल परिर्वतन, कार्य स्थलमा एआई र डिजिटल प्रविधिको अवलम्बन” भन्ने नाराका साथ १३६औ अन्तराष्ट्रिय श्रमिक दिवस राजापुर मा मनाइएको छ ।
विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिदैं आफ्ना हकअधिकारको सुनिश्चितताका लागी सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस बिभिन्न कार्यक्रम गरी मनाउदै आइएको छ ।
नागरिक सरोकार मञ्चका अध्यक्ष लौटन चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राजापुर नगरपालिका वडा न. ६का अध्यक्ष एंव नगर प्रवक्ता तथि हुनु हुन्थ्यो भने वडा न. ३का अध्यक्ष प्रसादु थारु, वडा न.८ का अध्यक्ष राजकिरण थारु, कमैया महिला जागरण समाजका अध्यक्ष कृष्णी चौधरी लगायतका विशिष्ठ अतिथिहरुले मजदुरको हकहितका बारेमा आफ्नो धारणा राखेका थिए ।राजापुर बजारको प्रभात फेरी गरी शूरु भएको कार्यक्रममा ५०० बढीको सहभागिता रहेको कमैया महिला जागरण समाजका सामाजिक परिचालक शैलेन्द्र मजगैयाले बताउनु भयो ।
श्रमिकहरुको पेशागत मर्यादा र सम्मानको प्रत्याभुति गराउन तथा अधिकार स्थापित भएको दिनका रुपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।






















