विज्ञापन

संक्रमणकालिन न्याय र महिला, शान्ति र सुरक्षा सम्बन्धि राष्ट्रिय कार्ययोजना सम्बन्धी पत्रकारहरुको क्षमता अभिवृद्धि कार्यशाला

Image

मधुवन / संक्रमणकालिन न्याय र महिला, शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्र«संघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धि दोस्रो राष्ट्रिय कार्ययोजना सम्बन्धी पत्रकारहरुको क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ । पत्रकार महासंघ बर्दिया शाखाको समन्वय तथा द्धन्द पीडित समिती बर्दियाको आयोजना र युरोपियन युनियन द स्टोरी किचेनको आर्थिक सहयोगमा बर्दिया भरिका पत्रकाहरुको क्षमता अभिवृद्धि कार्यशाला संचालन गरिएको हो ।

कार्यक्रममा नेपालको शान्ति प्रक्रियाको थालनी, सङक्रमणकालिन न्यायको उदेश्य, जवाफ देहिता, पिडितलाई उपचार गर्ने, संङक्रमणकालीन न्यायको चरित्र, न्यायका मापदण्ड तथा उपायहरु लगायतका विभिन्न विषयमा जानकारी गराइएको छ ।
कार्यक्रममा महिला शान्ति र सुरक्षा सम्बन्धी सयुक्त राष्ट् संघको प्रस्ताव नम्बर १३२५ र १८२० लागु गर्न राष्ट्यि कार्ययोजनाको दोस्रो चरण कार्यान्वायन गर्न भएका गतिविधि र उपलब्धीका विषयमा ठाकुरबाबा नगरपालिकाकी उपमेयर विना कुमारी भट्टराईले प्रष्ट पार्नुभएको छ ।

ठाकुरबाबा नगरपालिकाका उपमेयर विना कुमारी भट्टराईले ठाकुरबाबा नगरपालिकाको परिचय सहित नगरपालिकामा भएका गतिविधि, उपलब्धी र चुनौतीका विषयमा जानकारी दिनुभयो । नेपालमै बर्दियाको ठाकुरबाबा नगरपालिका कार्ययोजनाको दोस्रो चरण कार्यान्वायनमा अग्रस्थानमा रहेको विवरण प्रस्तुत गर्दे ठाकुरबाबा नगरपालिकामा ५१ जना वेपत्ता परिवार, ३२ जना मृतक र ११ जना घाईते रहेका बताउनुभयो ।

शसस्त्र द्धन्दका कारण विस्थापित भएका, अविभावक विहिन भएका, यौन शोषणमा परेका, यातना वा अपहरणमा परेका र संघिय सरकार, प्रदेश सरकार वा स्थानीय तहले द्धन्द पिडितको प्रमाण स्वरुप परिचयपत्र उपलब्ध गराएका महिला तथा बालिकाहरु द्धन्द पिडित समुहमा पर्ने गर्दछन ।
पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठाकुरबाबा नगरपालिकाकी उपमेयर विना कुमारी भट्टराई, बर्दियाका क्रियाशील पत्रकारहरु लगायत द्धन्द पीडित समिती बर्दियाका अध्यक्ष भागिराम थारु, कार्यक्रम संयोजक मान बहादुर चौधरी, द स्टोरी किचेनकी मिना विक लगायतको सहभागिता रहेको थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन